काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

इन्धन आपूर्ति सुनिश्चित गर्न अष्ट्रेलिया र सिंगापुरबीच समझदारी

1.14K
shares

एजेन्सी । अष्ट्रेलिया र सिंगापुरले  तेल, डिजेललगायतका इन्धनको सहज आपूर्ति सुनिश्चितमा सहयोग गर्न सोमबार सहमती जनाएका  छन् । यी देशहरुले पछिल्लो समय मध्यपूर्व युद्धको कारण विश्वव्यापी रुपमा उर्जा संकटको सामना गरिरहेका छन् ।

संयुक्त राज्य अमेरिका, इजरायल र इरान बीचको युद्ध होर्मुज वरपर केन्द्रित भएको कारण विश्वव्यापी तेलको मूल्य बढेको छ, जहाँबाट विश्वको तेल र ग्याँसको लगभग २० प्रतिशत ढुवानी हुन्थ्यो ।

संयुक्त विज्ञप्ति जारी गर्दै अस्ट्रेलिया र सिंगापुरले सोमबार मध्य पूर्वको अवस्था र आफ्नो क्षेत्रका लागि यसको प्रभावका विषयमा गहिरो चिन्ता दर्शाएका छन् ।

ऊर्जा आपूतिलाई सहज र बलियो बनाउन मिलेर काम गर्न  प्रतिबद्ध रहेको उनीहरूले बताएका छन् ।

उनीहरू ऊर्जा सुरक्षालाई सुदृढ पार्न, पेट्रोलियम पदार्थका साथै प्राकृतिक ग्यास लगायत आवश्यक वस्तुहरूको प्रवाहलाई समर्थन गर्न सहमत भएका छन् ।

हाल अस्ट्रेलियामा पेट्रोलको मूल्य बढेको छ भने अधिकारीहरूले उच्च मूल्यवृद्धिका कारण बासिन्दाहरूलाई अत्यावश्यक सामान मात्र किन्न आह्वान गरेका छन् ।