नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

सेयर बजार ५.०१ अंकले बढ्यो

532
shares

काठमाडौं । साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ को विन्दुमा कायम भएको हो ।

आज ३४२ कम्पनीको तीन करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर एक लाख ५६ हजार ३८१ पटक खरिदबिक्री हुँदा १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैङ्किङ ०.२७, विकास बैंक ०.५०, होटल तथा पर्यटन ०.८६, जीवन बिमा ०.४८, निर्जीवन बिमा ०.०४ र अन्य समूह ०.५९ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । वित्त ०.२०, जलविद्युत ०.९६, लगानी ०.७२, उत्पादन तथा प्रशोधन १.५३, लघुवित्त ०.४३, म्युचुअल फन्ड ०.८८ र अन्य समूह ०.०१ प्रतिशतले बढेको छ ।

आज सलपा विकास बैंक लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड र भुजुङ हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सनराइज फस्ट म्युचुअल फन्डको सेयर मूल्य ३.७१ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज कुमारी बैंक लिमिटेडको सबैभन्दा धेरै ६७ करोड २३ लाख ७८ हजार १५६ बराबरको २७ लाख ६८ हजार १०९ कित्ता सेयर खरिद-बिक्री भएको नेप्सेले जनाएको छ ।