काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले केन्द्रीय समितिको बैठक आह्वान...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सम्पत्ति छानबिन सुशासन र विधिको शासनसँग...

पुरा पढ्नुहाेस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको...

पुरा पढ्नुहाेस्

चिनियाँ राष्ट्रपति सीको पुस्तक जलाएको घटनामा दोषीलाई तत्काल कारबाही गर्न गृहको निर्देशन

1.11K
shares

काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

परराष्ट्र मन्त्रालयको पत्रानुसार विस्तृत व्यहोरा संलग्न पत्रबाट अवगत भएको र पत्रमा उल्लेख भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाहीका लागि पठाइएको मन्त्रालयले उल्लेख गरेको छ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो ।

उक्त घटनाको छानबिन तथा कारबाही गर्न काठमाडौंस्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।

सोही पत्रउपर गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको हो । सो घटनाका सम्बन्धमा अनुसन्धान गर्न दोषीलाई कानुनी दायरामा ल्याउन मोरङको जिल्ला प्रशासन र प्रहरीलाई गृहमन्त्रालयले निर्देशन दिएको छ ।