काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

सेयर बजार १३ अंकले बढ्यो

1.4K
shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ बिन्दुमा कायम भएको छ ।

आज ३४० कम्पनीको तीन करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर एक लाख ६ हजार १४० पटक खरिद-बिक्री हुँदा १२ अर्ब तीन करोड ४४ लाख ६ हजार ३२८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैँकिंग ०.८४, विकास बैंक ०.६४, जलविद्युत् १.५९, लगानी ०.६१, उत्पादन तथा प्रशोधन ०.२९ र म्युचुअल फन्ड ०.३६ प्रतिशले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । वित्त ०.१९, होटल तथा पर्यटन ०.१७, जीवन बिमा ०.३१, लघुवित्त ०.२६, निर्जीवन बिमा ०.०३, व्यापार ०.२१ र अन्य समूह ०.१० प्रतिशतले घटेको छ ।

रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड र सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइसी एसिया ग्रोथ फन्ड-२ को सेयर मूल्य ४.७४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरे रिदी पावर कम्पनी लिमिटेडको ५६ करोड ३७ लाख ६१ हजार ७२५ बराबरको शेयर किनबेच भएको छ ।

कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै शिवश्री हाइड्रोपावर लिमिटेडको १९ लाख २३ हजार ७४ कित्ता सेयर किनबेच भएको छ ।