२६ अंकले घट्यो सेयर बजार
२०८२ चैत २ सोमवार १५:२२
shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८ अंकमा ओर्लिएको हो ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । आइतबार १४ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ११ अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको हो ।
आजको कारोबारमा ४८ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ । उत्पादन तथा प्रशोधन समूहबाहेक अन्य सबै उपसमूहका सूचक ओरालो लागेका छन् । उत्पादन तथा प्रशोधन समूह भने ०.२५ प्रतिशतले बढेको छ।
बैंकिङ १.६१, विकास बैंक ०.८४, वित्त ०.७१, होटल तथा पर्यटन ०.२६, लगानी १.५२, जीवन बिमा ०.९४ प्रतिशत, लघुवित्त ०.७५, निर्जीवन बिमा ०.४५, अन्य १.०९ तथा व्यापार समूह ०.२१ प्रतिशतले घटेका छन्।
यस दिन रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, अपर हेवाखोला, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन का सेयर मूल्य १० प्रतिशतले बढेका छन् । त्यस्तै पिपुल्स हाइड्रोपावर ६.५१, सिन्धु विकास बैंक ६.३३ र नेसनल हाइड्रोपावर ५.३६ प्रतिशतले उकालो लागेको छ।
उता नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.१८ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट आएको छ भने ग्रिनलाइफ हाइड्रोपावर ३.९८ प्रतिशतले घटेको छ ।























