आर्टिकल्स पेपर, काठमाडौँ । प्रस्तावना: बहसको वास्तविक प्रश्न नेपाल विकासको नयाँ मोडमा उभिएको छ...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका...

पुरा पढ्नुहाेस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क...

पुरा पढ्नुहाेस्

पश्चिम एसियामा उडान निषेध भएपछि सरकारले थाल्यो उद्धार, थप १६४ नेपाली स्वदेश ल्याइँदै

2.21K
shares

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।

निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको हो ।

विशेष उद्धार उडानको सो विमानमार्फत काठमाडौं विमानस्थलमा अलपत्र परेका २६० जना यात्रीलाई दुबई विमानस्थलसम्म पुर्‍याइएको थियो ।

आज पनि यहाँबाट २६७ जना यात्री लिएर निगमको विमान दुबई प्रस्थान गर्ने र त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश ल्याइने प्रवक्ता पुनले जानकारी दिनुभयो ।

यही फागुन १६ गतेदेखि पश्चिम एसियाको आकाशमा उडान निषेध भएपछि उद्धार उडान थालिएको हो । अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा हवाई आक्रमण गरेपछि पश्चिम एसियाली मुलुकमा उडान बन्द भएको हो ।