आर्टिकल्स पेपर, काठमाडौँ । अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरबे...

पुरा पढ्नुहाेस्

काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

एजेन्सी म्यानेजरलाई सफ्टवेयर एक्सेस : हिमालयन लाइफमा बिमा प्रस्ताव स्वीकृति अब अनलाइनबाटै

1.39K
shares

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले कम्पनीमा कार्यरत एजेन्सी म्यानेजरहरुलाई अनलाइन माध्यमबाट बिमा प्रस्ताव पेस गर्न कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ । एजेन्सी म्यानेजरले घर वा कार्यालयमा बसेर बिमा प्रस्ताव कम्पनीमा पेस गर्न सहज बनाउने उद्देश्यले कम्पनीले यस प्रकारको पहुँच दिएको हो ।

एजेन्सी म्यानेजरहरुले सफ्टवेयर सिस्टममा रहेको एजेन्सी पोर्टल प्रयोग गरी आफुले गरेको बिमा प्रस्ताव स्वीकृतिका लागि कम्पनीमा पेस गर्न सक्ने व्यवस्था मिलाएको छ । उनीहरुले बिमा प्रस्तावका लागि तोकिएका कागजात तथा विवरणहरु एजेन्सी पोर्टलमा पेस गरेपछि कम्पनीले अनलाइन माध्यमबाट अन्डरराइटिङ गर्ने र आवश्यक प्रक्रिया पूरा भएमा बिमा प्रस्ताव स्वीकृत गरिने प्रबन्ध गरिएको छ ।

एजेन्सी म्यानेजरलाई दिइएको यो सुविधाले बिमा प्रस्ताव स्वीकृत गर्न कम्पनीमा पुग्नै नपर्ने र घर वा एजेन्सीको कार्यालयमा बसेर काम गर्न सकिने अवस्था बनेको छ । कम्पनीले एजेन्सी म्यानेजरलाई दिएको सुविधाको कारण बिमा प्रस्ताव स्वीकृति छिटोछरितो र सहज हुने प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहालले जानकारी दिए ।