एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

सेयर बजार ४६ अंकले घट्यो

259
shares

काठमाडौं । बुधबार सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ । आज बजार ४६.७८ अंकले घट्दै नेप्से परिसूचक करोड २७९६ अंकमा झरेको छ । कारोबार सुरु भएको पहिलो घण्टामा बजारमा केही उतारचढाव देखिए पनि त्यसपछि भने सूचक लगातार ओरालो लागेको हो ।

यसअघि सोमबार बजारमा सकारात्मक सर्किट ब्रेक लाग्दै नेप्से २८७५ अंकसम्म पुगेको थियो । तर त्यसपछिका दुई कारोबार दिनमा बजारमा गिरावट देखिँदै करिब ७९ अंकले सूचक तल झरेको छ ।

आजको कारोबारमा ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३८ प्रतिशतले घटेर १३ अर्ब १८ रुपैयाँमा सीमित भएको छ ।

समूहगत रूपमा हेर्दा सबै समूहको सूचक घटेको छ । व्यापार समूह सबैभन्दा बढी ३.४ प्रतिशतले ओरालो लागेको छ । यस्तै बैंकिङ १.८२ प्रतिशत, विकास बैंक १.६१ प्रतिशत, वित्त २.०८ प्रतिशत, होटल तथा पर्यटन १.५६ प्रतिशत, हाइड्रोपावर ०.७१ प्रतिशत, लगानी १.८७ प्रतिशत, जीवन बिमा १.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन १.४३ प्रतिशत, लघुवित्त १.६४ प्रतिशत, निर्जीवन बिमा ०.९७ प्रतिशत तथा अन्य समूह १.८३ प्रतिशतले घटेका छन्।

आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साल्पा विकास बैंक र नेसनल हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको सेयर ९.३३ प्रतिशत र रिडी पावरको ५.७२ प्रतिशतले वृद्धि भएको छ।

गिरावटतर्फ भने कालिका पावर सबैभन्दा बढी ८.४७ प्रतिशतले घटेको छ । साथै पन्चकन्या माइ हाइड्रोपावरको ५.७७ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ५.३७ प्रतिशत र ट्रेड टावरको ४.४७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा रिडी पावर, आँखुखोला जलविद्युत, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुपका सेयरहरू सबैभन्दा धेरै किनबेच भएका छन् ।