काठमाडौँ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले महिला सशक्तीकरण, नेतृत्व विकास, उद्यमशीलता र सहकारी...

पुरा पढ्नुहाेस्

काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

समानुपातिक मतगणना सम्पन्न : ५१ लाखभन्दा बढी मतसहित रास्वपा पहिलो दल

749
shares

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना पूर्ण रूपमा सम्पन्न भएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पछिल्लोपटक गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फको सम्पूर्ण मतगणना प्रक्रिया टुंगिएको हो। अहिले सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयबाट मत परिणामको विस्तृत विवरण आयोगमा पठाउने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो।

मतगणना सम्पन्न भएसँगै समानुपातिकतर्फ राजनीतिक दलहरूले पाउने सिट संख्या निर्धारण गर्ने प्रक्रिया पनि आयोगले अघि बढाएको छ । आयोगका अनुसार आवश्यक गणना र प्राविधिक प्रक्रिया पूरा भएपछि केही दिनभित्र सिट बाँडफाँटको अन्तिम परिणाम सार्वजनिक गरिनेछ ।

आयोगले उपलब्ध गराएको विवरणअनुसार बुधबार बिहान ११ बजेसम्म समानुपातिकतर्फ एक करोड ७ लाख ३९ हजार ११५ मत गणना भएको छ। गणना भएका मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९ हजार २३५ मत प्राप्त गर्दै अग्रता कायम गरेको छ ।

यसैबीच समानुपातिक निर्वाचनको गणनामा एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । गणना भएको मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ४५ हजार ६८१ सहित अग्रता कायम गरेको छ ।

नेपाली काँग्रेसले १७ लाख ५४ हजार ५२, नेकपा (एमाले) ले १४ लाख ५१ हजार ७५९, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख ८ हजार ५८२, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ६७९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ५९ मत हासिल गरेका छन् । अन्य दल थ्रेसहाल्ड कटाउन सकेनन् ।