आर्टिकल्स पेपर, काठमाडौँ । प्रस्तावना: बहसको वास्तविक प्रश्न नेपाल विकासको नयाँ मोडमा उभिएको छ...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका...

पुरा पढ्नुहाेस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क...

पुरा पढ्नुहाेस्

वायु प्रदूषण नियन्त्रणका लागि विश्व बैंकबाट ७ अर्बभन्दा बढी ऋण स्वीकृत

2.04K
shares

काठमाडौं । नेपालमा बढ्दो वायु प्रदूषण घटाउने र वायु गुणस्तर सुधार गर्ने उद्देश्यसहित विश्व बैंकले करिब ७ अर्ब ७ करोड २० लाख रुपैयाँ बराबरको ऋण सहयोग स्वीकृत गरेको छ।

वाशिङ्टन डिसीस्थित विश्व बैंकको मुख्यालयका अनुसार उक्त रकम ‘नेपाल क्लिन एयर एन्ड प्रस्पेरिटी प्रोजेक्ट’ सञ्चालनका लागि प्रदान गरिएको हो । यो परियोजना विशेषगरी काठमाडौं उपत्यका तथा वायु प्रदूषणको उच्च जोखिममा रहेका तराईका केही क्षेत्रमा कार्यान्वयन गरिनेछ ।

परियोजनाअन्तर्गत करिब ४ सय उद्योग तथा व्यावसायिक संस्थानलाई वातावरणमैत्री र धुँवारहित प्रविधिमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ । यसमार्फत उद्योगबाट निस्कने धुँवा तथा प्रदूषण घटाई वातावरण सुधार गर्ने योजना रहेको जनाइएको छ ।

उक्त परियोजना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभाग, वन तथा वातावरण मन्त्रालय तथा वातावरण विभागमार्फत कार्यान्वयन गरिने विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।