आर्टिकल्स पेपर, काठमाडौँ । अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरबे...

पुरा पढ्नुहाेस्

काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

रवि लामिछानेले सार्वजनिक गरे चुनावी खर्च : कुल ९ लाख ८९ हजार खर्च भएको विवरण आयोगमा पेश

1.7K
shares

काठमाडौं । रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भएको चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले निर्वाचन आयोग मा बुझाएको विवरणअनुसार चुनावी अभियानका लागि उहाँले कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ ।

चितवन-२ बाट उम्मेदवारी दिएका लामिछानेले विभिन्न शीर्षकमा भएको खर्चको विवरण आयोगमा पेश गर्नुभएको हो । विवरणअनुसार उम्मेदवारी मनोनयन दर्ता शुल्कमा १० हजार रुपैयाँ, नमुना मतपत्र छपाइमा ६८ हजार १६१ रुपैयाँ, हवाई यात्रामा १३ हजार ६२६ रुपैयाँ तथा गोष्ठी र भेलामा १ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

निर्वाचन आयोगको नियमअनुसार प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै उम्मेदवारले चुनाव सम्पन्न भएपछि आफ्नो आय-व्ययको विस्तृत विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।