काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

काठमाडौं-१ मा रञ्जु न्यौपाने विजयी, १५ हजार ४५५ मत प्राप्त

2.17K
shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार उक्त निर्वाचनमा कुल २९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्नुभएको थियो । मतगणनाको अन्तिम परिणाम अनुसार यस क्षेत्रमा कुल २९ हजार ७ सय ७४ मत खसेको थियो ।

निर्वाचन अधिकृत खड्काले जानकारी दिँदै भन्नुभयो, ‘हिजो भएको प्रतिनिधिसभाको निर्वाचनमा २९ जनाले उम्मेदवारी दिनुभएको थियो । जसमा मतगणना अनुसार काठमाडौं क्षेत्र नं १ मा २९ हजार ७ सय ७४ मत खसेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्ह् लिएर मैदानमा होमीएकी रञ्जु न्यौपानेले १५ हजार ४५५ मत प्राप्त गरी उहाँ विजय हुनुभएको छ ।’

उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत ल्याउनुभयो । राप्रपाका रवीन्द्र मिश्र यो क्षेत्रबाट लगातार तेस्रोपटक पराजित हुनभएको छ । उहाँ ३ हजार ९७२ मतसहित तेस्रो स्थानमा रहनुभयो ।