नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

रामेछापमा मतदान टोली दुर्घटनामा परेपछि वैकल्पिक कर्मचारी खटाइयो

1.83K
shares

रामेछाप । मतदानका लागि खटिएका कर्मचारी सवार गाडी सोमबार दुर्घटनामा परेपछि रामेछापका तीन मतदान केन्द्रमा मंगलबार पुनः कर्मचारी र निर्वाचन सामग्री पठाइएको छ ।

रामेछाप नगरपालिका-२ देउरालीस्थित शीतलादेवी मावि र सिरुवारी मतदान केन्द्र तथा वडा नम्बर ३ को वडा कार्यालय भवन साँघुटारका लागि खटिएका कर्मचारी र मतदान सामग्री बोकेको सवारी देउरालीको सिरुवारीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा प्रहरी सहायक निरीक्षक परशुराम यादव र साँघुटारका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मृत्यु भएको छ । अन्य सात कर्मचारी घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ र सैनिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

मतदान अधिकृतको निधन र अन्य कर्मचारी घाइते भएपछि प्रभावित केन्द्रमा वैकल्पिक कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा मतपत्र, मतपेटिका लगायतका केही सामग्री क्षति भएकाले त्यसको सट्टामा नयाँ सामग्री पनि पठाइएको छ ।

यसैबीच, घिमिरेको मंगलबार मन्थलीस्थित तामाकोसी घाटमा अन्त्येष्टि गरिएको छ । उनी रुद्राक्षेश्वर मावि, मन्थली-७ मुगिटारका निमावि द्वितीय शिक्षक थिए । प्रहरी सहायक निरीक्षक यादवको शव भने अन्त्येष्टिका लागि गृह जिल्ला सप्तरी पठाइएको छ ।