काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

आचारसंहिता उल्लंघनका ८७ उजुरीमा स्पष्टीकरण, ५७ ले मात्र दिए जवाफ

1.62K
shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आचारसंहिता उल्लंघनसम्बन्धी हालसम्म प्राप्त ८७ उजुरीका विषयमा राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण माग गरिएको छ । तीमध्ये ५७ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार ८१ जनासँग लिखित स्पष्टीकरण सोधिएको छ भने ६ जनासँग पुनः स्पष्टीकरण माग गरिएको छ । उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसँग पनि स्पष्टीकरण सोधिएको छ ।

दर्ता भएका सञ्चारमाध्यम र तिनमा आबद्ध पत्रकारका हकमा भने कारबाही प्रक्रियाका लागि प्रेस काउन्सिल नेपालमार्फत लेखी पठाइएको आयोगले जनाएको छ ।

निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण प्रकाशन गर्दै दल वा उम्मेदवार विशेष निर्वाचित हुने दाबी गरिएको सामग्रीबारे सेतोपाटी सँग पनि प्रेस काउन्सिलमार्फत स्पष्टीकरण मागिएको छ ।

जिल्लास्तरमा समेत आचारसंहिता उल्लंघनविरुद्ध उजुरी दर्ता भई आवश्यक कारबाही अघि बढाइएको आयोगले जनाएको छ । प्राप्त ५४ जवाफको अध्ययन भइरहेको र उल्लंघनका घटनालाई न्यूनीकरण गर्न आवश्यक जाँचबुझ तथा प्रक्रिया तीव्र पारिएको जानकारी दिइएको छ ।