एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

काठमाडौं ५ का कांग्रेस उम्मेदवार पौडेलको १४ बुँदे प्रतिज्ञा

315
shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिज्ञा पत्रमार्फत उहाँले १४ बुँदामा काठमाडौं ५ को विकास र नीतिगत परिवर्तनका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।

आफूले २०७९ सालमा सांसदका रुपमा विजयी हुँदा गरेको प्रतिबद्धता पूरा गर्न सांसद तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा इमानदारीपूर्वक प्रयास गरेको उहाँले बताउनुभयो । रिङ रोड दोस्रो खण्ड निरन्तरताका लागि दिएको दबाबले काम गरेको, सामाखुसी टोखा सडक, विष्णुमति करिडोर, साङ्लेखोला करिडोरलगायतका रणनीतिक काम अघि बढेको उहाँले उल्लेख गर्नुभएको छ ।

मेलम्ची खानेपानी रिङरोडबाहिर विस्तार तथा नयाँ लाइन निर्माणका कामसमेत भएको उहाँले उल्लेख गर्नुभएको छ । पौडेलको प्रतिबद्धतामा क्षेत्रभित्रका सार्वजनिक विद्यालयलाई स्मार्ट स्कुल बनाउने तथा विद्यालयमा स्थानीय मातृभाषा नेवारी तथा तामाङ र मौलिक सीप र ज्ञानलाई शिक्षण सिकाइमा समावेश गर्न पाठ्यक्रम निर्माणका लागि स्थानीय तहसँग सहकार्य गर्ने उल्लेख छ ।

सार्वजनिक निजी साझेदारीमार्फत विद्यालयहरुमा प्रविधिमैत्री अध्ययनको वातावरण तयार गर्न सम्बद्ध पक्षसँग सहकार्य गरिने उहाँको प्रतिबद्धता छ । उहाँले सबैलाई स्वास्थ्य बिमामा आबद्धता सुनिश्चित गर्दै यसलाई नागरिकको योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रम बनाइने र सुविधाको दायरासमेत वृद्धि गर्न आवश्यक नीति निर्माण तथा कार्यान्वयनमा पहल गर्ने बताउनुभएको छ ।

पौडेलले क्षेत्र ५ लाई मेडिकल हबका रुपमा विकास गर्दै क्षेत्रभित्रका त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल तथा नेपाल प्रहरीजस्ता केन्द्रीय अस्पतालको क्षमता थप विस्तार गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

पौडेलले प्रतिज्ञा पत्रमार्फत संघीय संसदमार्फत व्यवसायमैत्री कानुन निर्माणका लागि विशेष पहल गर्ने भन्दै झन्झटिलो व्यवसाय दर्ता तथा बन्द प्रक्रियाको अन्त्य गर्न नीति बनाउन सहजीकरण गर्ने उल्लेख गर्नुभएको छ ।

‘हाम्रा युवा जनशक्तिलाई विश्व प्रविधि बजारसँग प्रतिस्पर्धा गर्न एआई, डिजिटल मार्केटिङजस्ता विषयमा उच्चस्तरीय शैक्षिक तालिमको प्रबन्ध गर्दै क्षेत्रलाई डिजिटल इनोभेसन हबका रुपमा आवश्यक नीति र पूर्वाधार तयार गरिनेछ,’ उहाँले भन्नुभयो ।

क्षेत्रको टुकुचा, धोबिखोला, सामाखुसी र साङ्ला खोलाजस्ता ढल समस्याको समाधानका लागि उचित व्यवस्थापन गर्दै सहरी क्षेत्रमा ढुबान समस्या समाधानका लागि स्ट्रोमा वाटर ड्रेनेजको व्यवस्था गर्ने पौडेलको प्रतिबद्धता छ ।