काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

बंगलादेशी फेसन काठमाडौंमा

1.51K
shares

‘नेपाल चेम्बर एक्स्पो २०२२’ मा अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयाम प्रस्तुत गरियो । शनिबार साँझ आयोजना भएको फेसन शोमा बंगलादेशी फेसन अन्तर्गत विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमुनाहरू र्याम्पमा प्रस्तुत गरिएको थियो ।

राजधानीको प्रदर्शनीमार्गस्थित प्रदर्शनी कक्षमा आयोजित फेसन शोमा विभिन्न ७ चरणमा फेसन प्रस्तुत गरिएको थियो । जसमा साडी, सलवार कमीज, कुर्ती, शर्टस्, पन्जाबी स्टाइल, टि शर्ट लगायतका पहिरनसँगै लेदर तथा फ्याब्रिकमा तयार पारिएका विभिन्न एक्सेसरिज पनि प्रदर्शन गरियो ।

सो फेसन कार्यक्रममा प्रस्तुत गरिएका फेसनका विविध नमूनाहरु मूलतः मस्लिन, सिल्क, कटन फ्याब्रिकमा तयार पारिएकाहरु थिए । फेसन शोको अन्तिम प्रस्तुति भने खाडी वेयर थियो । काठमाडौंस्थित बंगलादेशी राजदूतावासको पहलमा प्रस्तुत गरिएको सो फेसन कार्यक्रमको संयोजन तथा कोरियोग्राफी फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।

बंगलादेश फेसन शो अन्तर्गत प्रस्तुत भएका फेसन शैलीहरुमध्ये केही भने बंगलादेशी फेसन डिजाइनरका सृजनाहरु थिए भने केही भने रेडी टू वेयर शैलीहरु थिए । आठजना युवती तथा चारजना युवा मोडलको उक्त फेसन शो प्रस्तुती पूर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गरेकी थिइन् ।

साभारः रातोपाटी