काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

अनुसन्धानकर्ता झाद्वारा लिखित पुस्तक “नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास” सार्वजनिक

1.97K
shares

काठमाडौँ । लेखक तथा अनुसन्धानकर्ता रोशनकुमार झाद्वारा लिखित पुस्तक “नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास” सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा आयोजित पुस्तक विमोचन कार्यक्रममा इतिहासविद, लेखक, कानुनविद लगायत विभिन्न विधाका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्कृतिविद जगमान गुरुङ, नागरिक अगुवा कनकमणी दिक्षित, इतिहासविद दिनेशराज पन्त, साहित्यकार कृष्ण धारावासी, पुरातत्व विभावका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, पूर्व न्यायधिस शेषराज शिवाकोटी, इतिहासविद प्रा.डा. पुरुषेत्तम लोचन श्रेष्ठ, नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्र, संस्कृतिविद प्रा.डा. वीणा पौड्याल, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, पत्रकार सुधिर शर्मा, संस्कृतिविद प्रभाकरलाल झालगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्देश्य तथा आमन्त्रितहरुलाई प्ररवी बुक हाउसका अध्यक्ष अधिवक्ता चन्द्रप्रसाद सिवाकोटीले स्वागत मन्तव्य राख्नुभएको थियो भने समालोचक तथा अधिकारकर्मी स्नेहा झाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी कृतिमाथि विनोद कार्की, आनन्द गुप्ता र रोशन कुमार झाले समीक्षा तथा धारणा प्रस्तुत गर्नुभएको थियो ।
पुस्तकका बारेमा आफ्नो मन्तव्य तथा धारणा राख्ने क्रममा वक्ताहरुले यस पुस्तक महत्वपूणका साथै नेपालको इतिहाससम्बन्धि दस्तावेज रहेको भनि चर्चा गरेका थिए ।

कार्यक्रमको सञ्चालन सरोज घिमिरेले गर्नुभएको थियो भने विमोचित कृतिलाई पैरवी बुक हाउसले प्रकाशन गरेको हो ।

(यस कार्यक्रमको पुरा भिडियो मुनलाइट इन्टरनेशनल मिडिया प्रा.लि.को युट्युब च्यानल Moonlight Media – YouTube बाट हेर्न सकिने छ ।)