काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

प्रा.डा. विद्यानाथ कोइराद्वारा लिखित “शिक्षामा बेलाको बोली” सार्वजनिक

3.85K
shares
काठमाडौँ । प्रा.डा. विद्यानाथ कोइराद्वारा लिखित पुस्तक “शिक्षमा बेलाको बोली” सार्वजनिक भएको भएको छ ।
त्रिभुवन विश्व विद्यालयमा शिक्षा शास्त्रका डिन प्रा.डा. वेदराज आचार्य, नेपाल सरकारका पूर्व सचिव डा. हरि लम्साल, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. रुपा मुनाकर्मी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र शिलापत्र डटकमका सम्पादक योगेश ढकालले संयुक्त रुपमा सार्वजनिक गनुभएको हो ।
काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार शिखा बुक्सद्वारा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिकसँगै पुस्तकका बारेमा अन्तरक्रियासमेत भएको थियो ।
शिक्षा शास्त्रका डिन वेदराज आचार्यले पुस्तकले शिक्षा क्षेत्रमा कार्य गर्नका लागि र शिक्षामा सुधार गर्नुपर्ने कार्यहरु कसरी गर्न सकिन्छ भनेर धेरै नै सकारात्मक क्षेत्रको जानकारी दिएको बताउनु भयो । यसै गरी पूर्व सचिव डा. लम्सालले पुस्तक शिक्षा क्षेत्रमा नीति निर्माण गर्न, कार्य योजना बनाउने लगायत सबैका लागि अति नै उपयोगी भएको बताउनुभयो ।
काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक रुपा मुनाकर्मीले शिक्षा क्षेत्रमा भएका अवसर चुनौती माथि प्रश्न गर्दै समाधानका विकल्प पनि दिनु पर्ने भएको बताउनुभयो ।
नेपाल शिक्षक संघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यानाथ सरसित केही असहमति भए पनि पुस्तकले शिक्षकसँगको दूरी कम गरेको बताउनु भयो । पुस्तकमा आइतबारे बिदा, कसले जिम्मा लिए शिक्षा सुध्रेला, विदेशिने युवा कसरी रोक्ने जस्ता समसामयिक विषयका लेखहरुको संकलन छन् ।
कार्यक्रमको सञ्चालन योगेश ढकालले गर्नुभएको थियोे ।