काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निःशुल्क खोप लगाइने

1.11K
shares

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन् ।

आउँदो माघ २३ गते क्यान्सर दिवसको अवसरमा देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी गरेको छ । अभियान १५ दिनसम्म चल्नेछ । यो निर्णयबाट देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९ सय किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भइरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

किशोरीहरूलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन यस्तो निर्णय गरिएको मन्त्री पौडेलले बताए । ‘धेरै महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएको देखेका छौं । किशोरावास्थामै खोप दिन सकिए धेरै ज्यान जोगाउन सकिन्छ भनेर अभियानकै रुपमा खोप थाल्ने निर्णय गरेका हौं,’ उनले भने । मन्त्री पौडेलले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप समावेश गराउने निर्णय गरेको उनको सचिवालयले जानकारी दिएको छ । जसअनुसार यसैवर्ष नियमित खोपमा समावेश हुन चाहने कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकालेसमेत यो खोप लगाउन पाउनेछन् । आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको प्रवक्ता डाक्टर बुढाथोकीले जानकारी दिए ।

मन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा किशोरीहरूको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने उल्लेख गरेका थिए। मन्त्रीका रुपमा उनले गरेको पहिलो निर्णय राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीतिले पनि सानै उमेरदेखि नै क्यान्सरबाट जोगाउन खोप दिने विषय समेटेको छ । सोही अनुसार मन्त्री पौडेलले किशोरीलक्षित निर्णय गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा जर्मनीमासमेत विश्व स्वास्थ्य संगठनका महानिर्देशकलगायत अधिकारीहरूसँग नेपालले सञ्चालन गर्न लागेको खोप अभियानबारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेका थिए ।

अखबार नेपालबाट साभार