काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

भुटानलाई ७-१ गोल अन्तरले हराउँदै बंगलादेश फाइनलमा प्रवेश

1.42K
shares

काठमाडौं: बंगलादेश लगातार दोस्रोपल्ट महिला साफ च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानमाथि ७-१ गोल अन्तरको फराकिलो जित निकाल्दै बंगलादेश फाईनल पुगेको हो ।

बंगलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । साविना खातुनले २ गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम १-१ गोल गरे । भुटानकी डेकी लाजोमले एक गोल फर्काइन् । बंगलादेशले सातौं मिनेटमै सुरुआती अग्रता लियो । त्यसको पाँच मिनेटपछि बंगलादेशले अग्रता दोब्बर बनायो ।

खेलको २४औं मिनेटमा भुटानले सुनौलो अवसरमा गोल गर्न सकेन । लगत्तै सवीनाले नै बंगलादेशको अग्रतालाई ३-० मा पुर्‍याइन् । ३५औं मिनेट तोहुराले विपक्षी रक्षक सुकमाया घलेलाई छक्याउँदै अर्को गोल थपिन् । त्यसको दुई मिनेटपछि नै सवीनाको दोस्रो गोलमा बंगलादेशले पाँच गोलको अग्रता लियो ।

खेलको ४१औं मिनेटमा डेकी लाजोमले भुटानका लागि एक गोल फर्काइन् । ५८औं मिनेटमा तोहुराले ह्याट्रिक पूरा गरिन् । ७३औं मिनेटमा सेउलीले बंगलादेशको अग्रता ७-१ मा पुर्‍याइन् । सन्जिदा अख्तरको कर्नरमा आएको बललाई उनले हेडरमार्पत गोल गरेकी हुन् ।

अखबार नेपालबाट साभार