एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जिते

175
shares

काठमाडौं । गायन विधाकाे रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् ।

अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै बर्दियाका परियार विजेता बनेका हुन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा ग्रान्ड फिनाले कार्यक्रम भएको थियो ।

उपाधि जितेसँगै उनले २५ लाख रुपैयाँ नगद, ट्रफी र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् भने उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् ।

त्यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे । दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअप भए । उनले स्कुटर पुरस्कार प्राप्त गरे ।