काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

विगतमा माओवादीबाट सशस्त्र जनयुद्धमा होमिएका किराती हाल मजदुरी र साहित्यिक यात्रामा (अन्तर्वार्ताको पूर्ण भिडियोसहित)

1.69K
shares

काठमाडौँ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, वडा नं. २, डिकुवा निवासी सोनाम सज्जन किराती पेसाले निर्माण क्षेत्रका मजदुर हुन् । हाल उनी काठमाडौँको कपनमा बस्छन् ।

साधारण किसान परिवारमा जन्मिएका किरातीको काठमाडौँ, भक्तपुर, ललितपुरलगायतका क्षेत्रमा इँटा बोक्ने, मार्वल काट्ने, ढलान गर्नेलगायतका काम गर्नु उनको दैनिकी हो । हाल काठमाडौँमा श्रीमती, एक छोरा, एक छोरी, दुई जना भाइ र एक बहिनीसहित बसोबास गर्दछन् ।

हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित च्यास्मीटार उच्च माध्यमिक विद्यालयबाट आइए पास गरेका किराती साहित्यतर्फ निक्कै रुची राख्ने गर्छन् । माओवादीका तर्फबाट सशस्त्र जनयुद्धका बेला करिब अढाइ वर्ष भूमिगत जीवन विताएका किरातीले कविता संग्रह “नपुंसक स्वर्गको विरुद्ध आगो” र संस्मरण संग्रह “जनयुद्धमा वितेका पल” नामक पुस्तक प्रकाशन गरेका छन् । त्यसका साथै किराँती अखिल नेपाल लेखक संगठनमा समेत आवद्ध रहेका छन् ।

यिनै विषयवस्तुमा आधारित भएर आर्टिकल्स पेपरले किरातीसँग गरेको पूर्ण संवाद तलको भिडियोमार्फत हेर्न र सुन्न सकिने छ ।

संवादको पूर्ण भिडियो