नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

फोटो पत्रकारहरुको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको अन्तिम तयारी पुरा

427
shares

काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा यहि बैशाख १३ गते नेपालका फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे)ले आयोजना गरेको उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको एनएफपीजे नेपालका अध्यक्ष तथा टिम क्याप्टेन प्रदीपराज वन्तले जानकारी गराए । एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा वैशाख १३ गते विहान ७ बजेदेखि ९ बजेसम्म हुने प्रतियोगितामा २३ सदस्यीय फोटो पत्रकार टोलीको घोषणा गरिएको एनएफपीजेका कार्यवहाक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

नेपाललाई फोटोको माध्यमबाट नभई खेलकुदको माध्यमबाट पनि पर्यटन प्रवर्द्धनको निम्ति अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनको लागि राष्ट्रिय फोटो पत्रकार दिवसको अवसरमा एनएफपीजेले पहिलो पटक यो मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको एनएफपीजेका उपाध्यक्ष तथा टिम म्यानेजर सुशिल श्रेष्ठले जानकारी दिए ।

नेपाली टोलीहरु प्रदीप कुमार श्रेष्ठ (गोलकिपर), प्रदीपराज वन्त (क्यापटेन), अनुप प्रधान, दिपेन्द्र महर्जन, शंकर भुजेल, प्रवीन कुलुङ राई, दिवाकर सेन, केशव गुरुङ, सुबास मुखिया सुनुवार, लकेश लिम्बु, सुमन लिम्बु, दिलीप बैद्य, घनश्याम श्रेष्ठ, मुकुन्द कालिकोटे, सागर श्रेष्ठ, सुनिल बज्रचार्य, हरिसजंग क्षेत्री, भगवती थापा, देवकी विष्ट, अजय लेन्समेन, बिवेक गुरुङ, कविन्द्रमान शाक्य, राजेन्द्र चित्रकार रहेका छन् ।