काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

नेपाल अमेरिका पत्रकार संघ(नेजा)द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

1.32K
shares

टेक्सास, अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को स्थापना दिवसको अवसरमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  टेक्ससको युलेसमा अवस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र परिसरमा आयोजित रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गर्नुभएको थियो । 

ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्य र कार्टर ब्लड केयर सेन्टरको प्राविधिक व्यवस्थापनमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा सहभागी तथा सहयोगी संघ-संस्थालाई नेजाको तर्फ संघका अध्यक्ष सुरज भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सो अवसरमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टीका अध्यक्ष रमेश पोखरेल, ब्लड डोनर्स अफ अमेरिका टेक्सासका अध्यक्ष अजय बगालेले नेजालाई शुभकामना व्यक्त गर्नुभएको थियो । 

यस्तै, नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले स्थापना दिवसको अवसर पारेर अप्रिल २१, २०२४ आइतबार अनलाइन (जुम) माध्यममार्फत शुभकामना तथा अन्तरक्रिया तथा अप्रिल २२, २०२४ मा सोमबार टेक्सासको अर्भिङमा रहेको जेफरसन पार्कमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ ।