काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

१४औँ एकल कमेडी शो गर्दै गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

1.25K
shares

काठमाडौँ । ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल नाराका साथ वरिष्ठ हाँस्य कलाकार गणेश इशारा राईको १४औं ‘अल नेपाल एकल कमेडी शो-२०८१’ वैशाख ६ गते बिहीबार काठमाडौंस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ ।

प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा महिला राष्ट्रिय टिमका सदस्य प्रिती राईलाई समाजसेवी वीरमाया राई (सोभोमा) स्मृति कोषबाट राईलाई २०८० को उत्कृष्ट खेलाडिको रुपमा नगदसहित सम्मान गरिने कलाकार राईले आर्टिकल्स पेपरलाई बताए ।

कार्यक्रममा अन्य विशिष्ट समाजसेवी तथा कार्यक्रमलाई साथ सहयोग गर्ने सहयोगी हात तथा संस्थाहरुलाई पनि सम्मान गरिने कार्यक्रम संयोजक सृष्टि भुजेलले जानकारी दिए । कार्यक्रमको तयारी पुरा भएको र टिकटहरु पनि सबै बिक्री भइसकेको संयोजक भुजेलले बताए ।

कार्यक्रममा इशाराको एकल कमेडिसहित वरिष्ठ गायिका कुन्ती मोक्तानको विशेष प्रस्तुती तथा अन्य कलाकार सपन श्रेष्ठ, कला इशारा राई, राजन पङधाक लिम्बु, भक्त सुनुवार, मन बहादुर कुलुङ, स्मिता प्रधान, सोमनु राई, सुमन थुलुङ राई लगायत अन्य दर्जनौ कलाकारहरुको प्रस्तुती रहने कार्यक्रम संयोजक भुजेलले जानकारी दिए ।

कलाकार ईशाराले आफ्नै हजुर आमाको नाममा बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना गरि बिभिन्न समस्यमा परि भैपरि आउने दुखी, पिडितहरुलाई सहायोग गर्दै आएका छन् । गायनसँगै समाजसेवामा समेत सक्रिय चर्चित हाँस्य कलाकार ईशाराले गाईजात्रा कोसेली ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साधेतन्त्र’ र ‘भद्रगोल डटकम’ ‘दुर्गती’ जस्ता गाईजात्रे एल्बम श्रोता दर्शक माझ ल्याईसकेका छन् । त्यस्तैगरि उनले दर्जनौ म्युजिक भिडियोको निर्देशन र अभिनयसँगै धेरै संख्यामा इभेन्ट अर्गानाइजेसनका कामहरु पनि गरेका छन ।

कार्यक्रमको मुख्य आयोजक एक्सन इन्टरटाईमेन्ट प्रा.लि. रहेको छ भने सह आयोजकमा स्मार्ट ग्लम ब्यूटी पार्लर र वीलिम ग्रुप रहेको छ ।