काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

त्रिवीद्वारा ४९औँ दीक्षान्त समारोहकाे आयोजना : १२ हजार ४१५ विद्यार्थी दीक्षित

1.22K
shares

काठमाडौँ : काठमाडौँको त्रिपुरश्वरस्थिति दशरथ रंगशालामा त्रिभुवन विश्वविद्यालयले ४९औँ दीक्षान्त समारोहकाे आयोजना गरेको छ । त्रिविले स्नातक, स्नातकोत्तर, विद्यावारिधी तह उत्तिर्ण गरेका विद्यार्थीहरुलाई दीक्षित गरको हो ।

कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल, त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीले उत्कृष्ट विद्यार्थीलाई सम्मानपत्र दिएका थिए ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयकाअनुसार यसपालि १२ हजार ४१५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी समारोहमा सहभागी भएका थिए ।

स्नातक तहतर्फ ८ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ ४ हजार १०४, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ ११२ विद्यार्थी आज दीक्षित भएका छन् । दीक्षान्त समारोहमा विभिन्न पदक र पुरस्कारसमेत वितरण गरिएको थियो ।