काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

नेपालकै सबैभन्दा लामो जिपलाईन पर्यटनमन्त्री किरातीद्वारा उद्घाटन

1.06K
shares

भक्तपुरः एशियाकै दोस्रो र नेपालकै पहिलो लामो जिपलाईन नगरकोटमा सञ्चालन भएको छ । करिव पाँच करोड लगानीमा उक्त जिपलाईन नगरकोट जिपलाईन प्रा.लि. ले निर्माण गरेको हो ।

शुक्रबार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रिबन काटेर जिपलाईनको उद्घाटन गरेका हुन् ।

मन्त्री किरातीले विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण क्षेत्रमा जिपलाईन खुल्नु निकै राम्रो कुरा भएको बताए । उनले भने,- ‘मैले जहिले पनि नेपालको पर्यटन स्थानीय बासिन्दाको स्वाद र स्वामित्वसहितको हुनुपर्ने भन्दै आएको छु । नेपालको पर्यटन कल्चर, नेचर र एडभान्चर हो । यसरी विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण क्षेत्रमा जिपलाईन खुल्नु निकै राम्रो कुरा हो’ साथै नेपालको पर्यटनले गतिसमेत लिइरहेको उनले बताए ।

यो जिपलाईनले पर्यटन विकासमा टेवा पुर्याउनेछ । उक्त जिपलाइनको लम्बाई २ हजार २५० मिटर रहेको छ ।