एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

काठमाडौँ उपत्यका भित्र सुर्तिजन्य पदार्थ बेचविखनमा प्रतिबन्ध

210
shares

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यका भित्र सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ । बुधबार काठमाडौंमा महानगरपालिकाको पत्रकार सम्मेलनमार्फत मंसिर २८ गतेदेखि सुर्तिजन्य पदार्थ कच्चा सुर्ति, खैनि, गुट्टका, सुर्तिहरु प्रतिबन्ध गरिएको जानकारी दिएको हो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले पत्रकार सम्मेलनमा बोल्दै मंसिर २८ गतेदेखि काठमाडौंभित्र सुर्तिजन्य पदार्थ प्रतिवन्ध गरिएको साथै कसैले चेचबिखन गरेको थाहा पाए पसलसमेत बन्द गर्ने बताए छन् । उनले महानगरपालिकाले सार्वजनिक स्थलको एक सय मिटर वरिपरि चुरोट बेच्न र धुम्रपान गर्न पनि प्रतिवन्ध लगाएको बताए ।

पसलमा बेचेको पाइए दुई पटकसम्मलाई सामान जफत गरिने र तेस्रो पटक पनि बेचेको पाइए पसल नै बन्द गर्ने चेतावनी दिइएको छ । अनुगमनको लागि महानगरपालिकाले सादा पोशाकमा १० जनाको टोलीमा नगर प्रहरीलाई खटाउने बताइएको छ । पहिलो चरणमा अनुगमनको लागि ५० जना नगरप्रहरी परिचालन गरिने प्रवक्ताको भनाइ थियो । उनले सार्वजनिक स्‍थलमा धुम्रपान गरेको पाइए एक सय रुपैयाँसम्म जरिवाना गरिने बताए ।

जनस्वास्थ्यमा परेको प्रतिकुल प्रभाव रोक्न, शहरी सौन्दर्यता कायम राख्न र भूमी तथा वातावरणीय असर न्युनीकरण गर्न सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाएको नगरपालिकाले बताएको छ ।