काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

पूर्वमन्त्री किरातीसहित पहिचानवादी नेता पक्राउ

1.25K
shares

खोटाङ: पहिचानवादी नेता एवं पूर्वमन्त्री गोपाल किराँती सहित पहिचनावादीको एक समूहलाई नेकपा एमालेको संकल्प यात्रालाई अवरोध गर्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काका अनुसार नेकपा एमालेको मध्यपहाडी अभियानमा अवरोध गर्ने गरी आन्दोलनमा उत्रिएर प्रदेश बन्द गराउँदै हिँडेका उनीहरूलाई खोटाङ प्रहरीले पक्राउ गरेको हो ।

एमालेको अभियान रामेछापको मन्थली हुँदै मंगलबार सिन्धुलीको खुर्कोटबाट ओखलढुंगाको हर्कपुरतिर प्रवेश गरिरहँदा पहिचनावादी आन्दोलनमा उत्रिएका हुन् ।

एमालेको कार्यक्रमलाई प्रभावित गर्ने गरी बन्दसमेत गर्दै हिँडेको समूह प्रहरीको नियन्त्रणमा परेको हो । उनीहरूले पूर्वनिर्धारित कार्यक्रम भन्दै एमालेको कार्यक्रमलाई अवरोध प्रयास गरेका छन् ।