• २०८१ मङ्सिर ९ गते आइतवार

काठमाडौं । नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ (नेजा) को संयुक्त आयोजनामा “नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२” काठमाडौँ स्थित पत्रकार महासंघको कार्यालयमा एक समारोहका बिच पुरस्कार प्रदान गरिएको छ ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार यस वर्ष संयुक्त रुपमा दुई जनालाई प्रदान गरिएको छ । पुरस्कार पाउनेमा कर्णाली प्रदेश, जुम्लाकी दिलमाया शाही र बागमती प्रदेश, सिन्धुपाल्चोककी कमला तामाङ ‘पाख्रिन’ हुनुहुन्छ । शाही ‘सन्धान अनलाइन’मा हुनुहुन्छ भने तामाङ ‘पाख्रिन’ कान्तिपुर टेलिभिजनमा कार्यरत हुनुन्छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् उपप्रधान तथा गृहमन्त्री नाराणकाजी श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेजाका अध्यक्ष सुरज भण्डारी, नेजाका महासचिव बाबुराम दाहाल, महासंघका महासचिव रोसन पुरी, महासंघका सल्लाहकार निर्मला शर्मा, नेजाका पूर्व अध्यक्ष गौतम दाहाल लगायतले पुरस्कृतहरुलाई बधाई दिँदै नेपाली पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको प्रसंसा गर्दै आआफ्नो धारणा राख्नुभएको थियो ।

असोज २५ गते आयोजित उक्त कार्यक्रममा पुरस्कृत पत्रकारलाइ प्रतिव्यक्ति १ लाख ११ हजार १ सय ११ रूपैयाँ र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

२ सय २३ आवेदक मध्येबाट उत्कृष्ट दुईजनालाई छनोट गरिएको पुरस्कार छनोट समितिका संयोजक गोविन्द आचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *