काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

रचना रिमाल र राजन बरालको “माया सिम्ले छौ कि जल्किनी” गीतको म्युजिक भिडियो सार्वजनिक

1.22K
shares

काठमाडौँ । लोकप्रिय गायिका रचना रिमाल र गायक राजन बरालको स्वरमा रहेको लोक आधुनिक गीत “माया सिम्ले छौ कि जल्किनी” बडा दशैँ २०८० को फुलपातीका दिन सार्वजनिक भएको छ ।

डा. खगराज बराल (श्रमिक) को शब्दमा रहेको यस गीतको सङ्गीतमा राजन बराल, संगीत संयोजन र गितारमा मनोहर सुनाम, सारङ्गीमा हेमन्त कान्छा रसाइली, बाँसुरीमा गोपाल देव, रिदममा भरत बुढाथोकी छन् । मुनलाइट इन्टरनेसनल मिडिया प्रा.लि.ले निर्माण गरेको यस म्युजिक भिडियोमा श्याम ढकालको निर्देशन रहेको छ ।

नगरकोट र साँखुको प्राकृतिक दृश्यमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोको छायाङ्कन कृष्ण महराले गरेका छन् । युवा वयका दुई मायालु जोडीबीच पिरतीले भरिएको यस म्युजिक भिडियोमा नव उदीयमान कलाकार सन्तोषकुमार दाहाल र देवी त्रिपाठीको अभिनय रहेको छ । यो म्युजिक भिडियो मुनलाइट इन्टरनेसनल मिडिया प्रा.लि.को अफिसियल युट्युब च्यानल मुनलाइट मिडिया @moonlightmedia3548 बाट सार्वजनिक भएको छ ।

भिडियो