एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा भण्डारी र महासचिवमा दाहाल निर्वाचित

203
shares

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १६औँ साधारण सभा तथा ८औँ अधिवेशन अमेरिकाको टेक्सस स्थित ह्युस्टन सहरमा सम्पन्न भएको छ । अधिवेशन २०२३ मे २० र २१ मा सञ्चालन भएको थियो ।
अधिवेशनबाट अध्यक्षमा सुरज भण्डारी निर्वाचित भएका छन् । अध्यक्षकै प्रत्यासी मधुकर अधिकारी उपबिजेता बनेका छन् ।

त्यसैगरी संघको उपाध्यक्षमा सुजन पण्डित, महासचिवमा बाबुराम दाहाल, सचिवमा प्रतिमा बास्कोटा र कोषाध्यक्षमा जानु पंगेनी चयन भएका छन् ।

त्यस्तै उत्तर–क्षेत्रिय संयोजकमा भुपेन्द्र बस्नेत, पश्चिम क्षेत्रिय संयोजकमा रोशन अधिकारी र मध्य क्षेत्रिय संयोजकमा शंकर थापा चयन भएका छन् ।

त्यस्तैगरि संघको सदस्यहरुमा केशव रेग्मी, झरना अधिकारी, इश्वरी न्यौपाने र हेमराज बस्याल छन् ।

अध्यक्षमा निर्वाचित बुटवलका भण्डारी यसअघि रुपन्देहीमा दुई-दशकदेखि पत्रकारितामा क्रियाशिल थिए । उनी अमेरिका जानु अघि बुटवल टुडे दैनिक पत्रिकामा सम्पादकका रुपमा काम गरिरहेका थिए ।

त्यस्तै महासचिवमा निर्वाचित खोटाङ, हलेसीका दाहाल पनि दुई-दशकदेखि पत्रकारितामा सक्रिय थिए । दाहालले पछिल्लो समय काठमाडौँबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रिका राजधानी दैनिकमा भाषा सम्पादन प्रमुखको जिम्मेवारी सम्हालिरहेका थिए ।