रास्वपाको उपसभापतिमा सोविता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित
२०८३ असार १२ शुक्रवार २१:३८
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको पदाधिकारी निर्वाचनबाट सोविता गौतम उपसभापति र विपिनकुमार आचार्य महामन्त्री पदमा निर्वाचित हुनुभएकाे छ ।
शुक्रबार सम्पन्न मतदानमा उपसभापति पदकी उम्मेदवार सोविता गौतमले ७८९ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएकाे हाे भने उहाँकी निकटतम प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गर्नुभयाे ।
त्यसैगरी, चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य महामन्त्रीमा निर्वाचित हुनुभएकाे छ। महामन्त्री पदका लागि विपिन आचार्यसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की प्रतिस्पर्धामा हुनुहुन्थ्याे।
यसअघि महामन्त्रीका आकांक्षी गणेश पराजुली, राजु पाण्डे, कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, रन्जु दर्शना र प्रमोद न्यौपानेले विपिन आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएकाे थियाे ।





















