काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी गैरराजनीतिक पृष्ठभूमिबाट...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसमा सभापति गगन कुमार थापाले ठूलो जनमत प्राप्त गरेका राजनीतिक दलहरू...

पुरा पढ्नुहाेस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले केन्द्रीय समितिको बैठक आह्वान...

पुरा पढ्नुहाेस्

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

448
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी गैरराजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूको साझा मञ्च बन्न पुगेको बताउनुभएकाे छ ।

आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले आफूहरूले पटक–पटक आफ्ना विचार र दृष्टिकोण प्रस्तुत गरेपनि सुनुवाइ नभएको बताउनुभयाे ।

उहाँले टेलिभिजनको पर्दाबाट, राजनीतिक मैदानमा प्रवेश गर्दा र कारागारबाट समेत आफ्ना कुरा राखेको तर ती बेवास्ता गरिएको उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘रास्वपा एउटा यस्तो साझा मञ्च बन्न सकेको छ जहाँ अहिले अधिकांश गैरराजनीतिक मानिसहरु आइपुगेका छन् । यो एउटा बाध्यता हो, रहर थिएन । पटकपटक भन्यौं तर हाम्रो कुरा सुनिएन । टेलिभिजनको पर्दाबाट भन्यौं, राजनीतिको मैदानमा आउने वित्तिकै घोषणा गर्दा भन्यौं तर सुनिएन । यतिसम्मकी जेलको कालकोठरीबाट पनि भन्यौं सुनिएन ।’

यसैगरी लामिछानेले पार्टीलाई लडाउने शक्ति अबको युगमा आउन नसक्ने बताउनुभयाे । रास्वपालाई लडाउने शक्ति अब नआउने उनले दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘मैंले विगतमा पनि भनेको छु रास्वपा लड्यो भने आफ्नै खुट्टामा अल्झिएर लड्छ, यसलाई लडाउने अरुको तागत छैन । तर, रास्वपालाई लडाउने शक्ति अबको युगमा आउने छैन ।’

उहाँले फुटाउ र राज गर भन्ने सिद्धान्तअनुसार रास्वपालाई फुटाउने प्रयत्न हुने भन्दै सचेत रहन कार्यकर्तालाई आह्वान गर्नुभयाे ।

यसैगरी लामिछानेले भैरहवा कारागारमा रहँदा आफूले लेखेको भनाइ स्मरण गर्दै ‘एक दिन जनताले हातमा भएको तस्करले दिएको घडी खोस्नेछन् र त्यहाँ हतकडी लगाउनेछन्’ भन्ने अभिव्यक्तिको उल्लेख गर्नुभयाे । हाल परिस्थिति परिवर्तन भएको र सोही परिवर्तनले रास्वपालाई देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिको रूपमा स्थापित गरेको उहाँको दाबी थियो ।

‘बद्लिएको यो परिस्थितिले हामीलाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। शक्तिशाली हुनु भनेको दम्भ गर्ने लाइसेन्स प्राप्त गर्नु होइन, प्रतिशोध साध्ने लाइसेन्स प्राप्त गर्नु होइन, यो मलाई र रास्वपालाई राम्रोसँग थाहा छ। रास्वपा प्रतिशोध र दम्भभन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ ।’

उहाँले लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, मानव अधिकार, समतामूलक समाज र समावेशिता जस्ता मूल्यहरूलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

उहाँले भन्नुभयाे,‘निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, देश सुरक्षित छ । लोकतन्त्रका स्थायी मान्यताहरू, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हकअधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र नेतृत्व सम्हालेका पुस्ताहरूले दिएको अमूल्य उपहार हो, हामी यसलाई जगेर्ना र माया गर्ने छौं।’

उहाँले विगतका आन्दोलनहरूको सम्मान गर्दै रास्वपा ती उपलब्धिहरूको निरन्तरता र संरक्षणमा प्रतिवद्ध रहने बताउनुभयाे । रास्वपाले लोकतान्त्रिक अभ्यासलाई तोड्ने नभई सुदृढ गर्ने उहाँको भनाइ थियो ।

लामिछानेले भन्नुभयाे, ‘यसअगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन। त्यो कदम कदापि चाल्ने छैनौं। रास्वपाले त्यो लाइन क्रस गर्दैन।’

लामिछानेले राष्ट्रिय राजनीतिमा कुनै एक दल मात्र सही हुने नभई सबै दल जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयाे । उहाँले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान नभए त्यसको असर समग्र देशमा पर्ने चेतावनी दिँदै ती दलहरूलाई आन्तरिक समस्या समाधान गर्न आग्रह गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर हुँदैन, राष्ट्रिय राजनीतिमा भएका सबै दल ठिक हुनुपर्छ । दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र कहीँकतै केही न केही अप्ठ्याराहरू देखिएका छन्। त्यो अप्ठ्यारो त्यो दलको मात्र होइन, त्यो दलका अप्ठ्याराहरू सुल्झिएनन् भने समग्रमा त्यो देशको अप्ठ्यारो पनि बन्न सक्छ । मेरो शुभकामना छ, आफ्नो दलभित्रका अप्ठ्याराहरूलाई मिलाउनुहोला ।’