आर्टिकल्स पेपर, काठमाडौँ । प्रस्तावना: बहसको वास्तविक प्रश्न नेपाल विकासको नयाँ मोडमा उभिएको छ...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका...

पुरा पढ्नुहाेस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क...

पुरा पढ्नुहाेस्

चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

1.63K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले केन्द्रीय समितिको बैठक आह्वान गर्नुभएकाे छ ।

सभापति लामिछानले बैठक आज (शनिबार) दिउसो १ बजे चितवनको भरतपुरस्थित होटेल सिमटीको हलमा बस्ने गरी आह्वान गर्नुभएकाे हाे ।

चितवनको भरतपुरमै असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक बस्न लागेको हो ।

आजको बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको व्यवस्थापनका विषयमा छलफल हुने कार्यसूची छ । यसैगरी, महाधिवेशनमा प्रस्तुत प्रतिवेदका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत छलफल हुने कार्यसूची तय भएको छ ।