काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका...

पुरा पढ्नुहाेस्

काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

डा. डिल्लीरमण रेग्मी शान्ति पुरस्कार-२०८२: राष्ट्रियतर्फ पोखरेल र दास, अन्तर्राष्ट्रियतर्फ कोइका (KOICA) लाई

5.61K
shares

काठमाडौँ । डा. डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार-२०८२ वितरण गरिएको छ ।

सोमबार लाजिम्पाटस्थित डा. डिल्लीरमण–कल्याणी रेग्मी पुस्तकालय विकास समितिको सभाहलमा एक समारोहको आयोजना गरी उक्त पुरस्कार वितरण गरिएको हो ।

डा. डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय अध्यक्ष प्रा.डा. विणा पौडेलको अध्यक्षतामा भएको उक्त समारोहको प्रमुख अथिति माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मत पोखरेल रहनु भएको थियो ।

प्रमुख अतिथि माननीय मन्त्री सस्मित पोखरेल र सभाध्यक्ष प्रा.डा. विणा पौडेलले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने चन्द्रकिरण श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।

डा. डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार–२०८२ बाट राष्ट्रियतर्फ डा. रामप्रसाद पोखरेल र डा. गौरीशङ्कर लाल दासलाई संयुक्त र अन्तर्राष्ट्रियतर्फ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) लाई प्रदान गरियो ।

डा. रामप्रसाद पोखरेलले नेपाल तथा भारतका उत्कृष्ट शिक्षणसंस्थामा अध्ययन गरेर केही वर्ष देशका धेरै जिल्लामा चिकित्सकका रुपमा रोगी जनताको उपचार गर्नुभएको र बेलायतमा आठ वर्षको अध्ययनपश्चात् विशिष्ट योग्यता हासिल गरेर स्वदेश फर्की नेपालको पहिलो आँखा अस्पताल स्थापना गर्नुका साथै नेपाल नेत्रज्योति संघ स्थापना गरी उक्त संस्थाको नेतृत्वमा देशका विभिन्न स्थानमा स्थापित १३ ओटा आँखा अस्पताल, ३६ ओटा प्राथमिक आँखा सेवा केन्द्रबाट नेपाली जनतालाई उपचार पु¥याउनुका साथै सयौँ चिकित्सक, नर्स र प्राविधिकहरु उत्पादन गरी तिनलाई स्वदेश तथा विदेशमा थप उच्चस्तरीय तालिम दिलाई राष्ट्रको अभूतपूर्व आजीवन सेवा गर्नुभएकाले डा. डिल्लीरमण रेग्मी शान्ति पुरस्कार २०८२ ले सम्मान गरिएको हो ।

त्यस्तै डा. गौरीशङ्कर लाल दासले छाती विशेषज्ञका रूपमा देशविदेशमा नाम कमाई विगत सात दशकदेखि चिकित्सा क्षेत्र र जनस्वास्थ्य योजना निर्माण एवम् कार्यान्वयनमा स्वास्थ्य सेवासम्बन्धी विभिन्न ओहोदामा रही महत्वपूर्ण जिम्मेवारी वहन गर्नुका साथै समाज सेवाप्रति समेत प्रतिवद्ध रही रेडक्रम सोसाइटी जस्ता अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय ख्यातिप्राप्त विभिन्न गैरसरकारी संस्थासित विगत ४० वर्षदेखि आवद्ध रही रक्तदान, विपद् व्यवस्थापन तथा सामुदायिक स्वास्थ्यसम्बन्धी सामाजिक योगदानवापत डा. डिल्लीरमण रेग्मी शान्ति पुरस्कार २०८२ ले सम्मान गरिएको हो ।

त्यसैगरी अन्तर्राष्ट्रियतर्फ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका (KOICA) ले शान्ति निर्माण, राष्ट्रिय क्षमता अभिवृद्धि र ई–गभर्नेन्स पूर्वाधार, लचिलो स्वास्थ्य सेवा प्रणालीलाई समर्थन गर्ने, गुणस्तरीय प्राविधिक शिक्षा, दिगो विकास र नेपाल र विश्वभर सामाजिक समानताको प्रवद्र्धनमा आफ्नो परिवर्तनकारी योगदान पु¥याएवापत डा. डिल्लीरमण रेग्मी शान्ति पुरस्कार २०८२ ले सम्मान गरिएको हो ।

समितिले हालसम्म १२ पटक उक्त पुरस्कार प्रदान गरिसकेको छ । नेपालको बौद्धिक, ऐतिहासिक तथा शान्ति चिन्तनको क्षेत्रमा विशिष्ट योगदान पुर्याउँनुहुने इतिहासकार, चिन्तक तथा राजनीतिज्ञ डा।डिल्लीरमण रेग्मीको नाममा स्थापित यो पुरस्कारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शान्ति, मानवता र विकासका क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ ।