एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

अमेरिकामा गैरकृषि क्षेत्रको रोजगारीमा गिरावट

301
shares

एजेन्सी । अमेरिकामा फेब्रुअरी महिनामा ९२ हजार रोजगारी घटेको सरकारी तथ्यांकले देखाएको छ । अमेरिकी श्रम तथ्यांक ब्युरोले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो महिनाको तुलनामा गैरकृषि क्षेत्रको रोजगारी उल्लेखनीय रूपमा घटेको हो ।

पछिल्ला पाँच महिनामध्ये तीन महिनामा रोजगारी घटेको देखिएको छ, जसले श्रम बजारमा कमजोरी बढ्दै गएको सङ्केत दिएको छ । रोजगारी घटेसँगै बेरोजगारी दर पनि बढेर ४.४ प्रतिशत पुगेको छ ।

स्वास्थ्य सेवा क्षेत्रमा सबैभन्दा बढी असर परेको छ । एक ठूलो स्वास्थ्य बिमा कम्पनीमा भएको हड्तालका कारण मात्र यस क्षेत्रमा २८ हजार रोजगारी घटेको बताइएको छ । त्यस्तै, रेस्टुरेन्ट क्षेत्रमा ३० हजार तथा निर्माण क्षेत्रमा ११ हजार रोजगारी कम भएको छ, जसको कारण कडा चिसो मौसम र केही क्षेत्रमा परेको भारी हिमपातलाई मानिएको छ ।

यसैबीच, सूचना सेवा क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी खर्च कटौतीका कारण ११ हजार रोजगारी घटेको छ भने उत्पादन क्षेत्रमा पनि १२ हजार रोजगारी कम भएको छ । रोजगारी घटे पनि मजदुरी भने बढेको छ । औसत प्रतिघण्टा तलब मासिक रूपमा ०.४ प्रतिशत र वार्षिक रूपमा ३.८ प्रतिशतले वृद्धि भएको छ ।

अर्थशास्त्रीहरूका अनुसार हालको तथ्यांकले श्रम बजार अपेक्षाभन्दा कमजोर देखिएको संकेत गरेको छ । तथापि, तत्काल ठूलो आर्थिक मन्दी आउने स्पष्ट संकेत भने नभएको उनीहरूको भनाइ छ ।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदरसम्बन्धी निर्णय लिनुअघि अर्थतन्त्रको अवस्थालाई नजिकबाट अध्ययन गरिरहेको बताइएको छ । साथै, इरानसँगको सम्भावित द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य बढेमा त्यसले अमेरिकी अर्थतन्त्रलाई थप दबाब दिन सक्ने विश्लेषकहरूको चेतावनी छ ।