रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
२०८२ फागुन १९ मंगलवार १४:५५
shares

काठमाडौं । निर्वाचन आयोग नेपालले धनुषा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी रद्ध गरेको छ ।
आयोगका अनुसार किशोरी साहको नाम बैंक तथा वित्तीय संस्थाको ‘कालो सूची’मा परेको प्रमाण भेटिएकाले आयोगले यस्तो निर्णय गरेको हो ।
कर्जा सूचना केन्द्रको नयाँ विवरण अनुसार कमल निर्माण सेवा प्रालिका सेयरधनी रहेको किशोरी साह २०८० सालमा कालो सूचीमा सुचिकृत हुनुभएको थियो । यससँगै उहाँको नाम विभिन्न मितिमा एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी सूचिमा समेत उल्लेख गरिएको पाइएको छ ।
निर्वाचन आयोगले उम्मेदवारी रद्ध भएको समेत जानकारी गराइसकेको छ ।
















