एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

मतदाता शिक्षा कार्यक्रम आजदेखि सकिँदै, सोमबार मध्यरातिबाट मौन अवधि लागू

532
shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सञ्चालन गर्दै आएको मतदाता शिक्षा कार्यक्रम आजदेखि औपचारिक रूपमा समापन गर्ने भएको छ ।

निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ अनुसार आयोगले फागुन ३ गतेदेखि देशभर विशेष मतदाता शिक्षा अभियान सञ्चालन गरेको थियो। बदर मतको संख्या घटाउने उद्देश्यसहित करिब २५ करोड रुपैयाँ बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरिएको आयोगले जनाएको छ ।

यसैबीच, सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । मौन अवधि लागू भएपछि राजनीतिक दल तथा उम्मेदवारहरूले जुलुस, आमसभा, प्रचार-प्रसारलगायत कुनै पनि चुनावी गतिविधि सञ्चालन गर्न पाउने छैनन् । दलहरूले सोमबार रातिसम्म मात्रै प्रचार कार्यक्रम गर्न पाउने व्यवस्था छ ।

चुनावका दिन अत्यावश्यक सेवासम्बन्धी सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने आयोगले स्पष्ट पारेको छ । सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी र सेवा-मैत्री बनाउन सवारीसाधन अनुमति कार्यविधि, २०८२ अनुसार दमकल, एम्बुलेन्स, शववाहन, खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन निर्वाध सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचन हुन अब चार दिन मात्र बाँकी रहेको छ ।