एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

ज्येष्ठ वर्ण महाविहार संरक्षण परियोजनालाई ‘अवार्ड अफ मेरिट’

574
shares

काठमाडौं । काठमाडौं उपत्यकाको महत्वपूर्ण सम्पदास्थल ज्येष्ठ वर्ण महाविहार संरक्षण परियोजनाले युनेस्कोद्वारा घोषित २०२५ एसिया-प्यासिफिक सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारअन्तर्गत ‘अवार्ड अफ मेरिट’ प्राप्त गरेको छ ।

उक्त परियोजना सन् २०१७ अगस्टमा भारत सरकारको भूकम्पपछिको सांस्कृतिक सम्पदा पुनर्निर्माण अनुदान कार्यक्रमअन्तर्गत ललितपुरमा कार्यान्वयनका लागि छनोट गरिएका सात परियोजनामध्ये एक हो ।

निर्माण तथा आवास विभागमार्फत कार्यान्वयन गरिएको यस परियोजनाका लागि मार्च २०२१ मा सम्झौता भएको थियो । परियोजनाको कुल लागत १३ करोड ७८ लाख रूपैयाँ छ ।

परियोजना व्यवस्थापन सल्लाहकारका रूपमा इन्ट्याकलाई सन् २०१९ डिसेम्बरमा नियुक्त गरिएको थियो । परियोजनाअन्तर्गत ऐतिहासिक मठ तथा सत्तलहरूको मौलिक स्वरूप र संरचनाअनुसार पुनर्निर्माण, भवनलाई भूकम्प प्रतिरोधी बनाउने व्यवस्था, सजावटी कलाको दस्तावेजीकरण तथा संरक्षण, काठका कलाकृति, ढुङ्गाका मूर्ति र प्रवेशद्वारका भित्तेचित्रहरूको मर्मतसम्भार गरिएको थियो ।

प्रकाश व्यवस्था, सरसफाइ र वर्षा पानी संकलन प्रणालीजस्ता आधारभूत सेवा पनि स्तरोन्नति गरिएको थियो । परियोजना भौतिक रूपमा सम्पन्न भएपछि सन् २०२४ मार्च २२ मा उद्घाटन गरिएको थियो ।

सांस्कृतिक सम्पदाको संरक्षणमा उत्कृष्टता र दिगो व्यवस्थापनको नमुना प्रस्तुत गरेको भन्दै उक्त परियोजनाले अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त गरेको हो ।