एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

मधेसका ५५ प्रतिशत मतदाता चुनावप्रति उत्साहित

567
shares

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा बढी उत्साह देखिएको छ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले गरेको निर्वाचन सर्वेक्षणअनुसार विगतको तुलनामा मधेस प्रदेशका करिब ५५ प्रतिशत मतदातामा चुनावप्रति उत्साह देखिएको हो ।

जेनजी आन्दोलनका जगमा हुन लागेको निर्वाचनलाई विगतका निर्वाचनभन्दा भिन्न र विशिष्ट मानिएको छ । भदौ २३ गते भएको जेनजी आन्दोलनपछिको पहिलो निर्वाचन भएकाले पनि आम मतदातामा ठूलो उत्साह देखिएको प्रतिवेदनमा उल्लेख छ । मधेस प्रदेशबासीले निर्वाचनप्रति सबैभन्दा बढी ७९.२ प्रतिशत विश्वास व्यक्त गरेको सर्वेक्षणले जनाएको छ ।

प्रतिवेदनमा जेनजी आन्दोलनको प्रभावले विगतको तुलनामा चुनावी नतिजालाई केही फेरबदल गर्ने अनुमान गरिएको छ । निर्वाचनको सफलतामा शान्ति, सुरक्षाको पाटोलाई चुनौतीका रूपमा पहिचान गरिए पनि चुनावी वातावरणले अन्य कुरालाई पन्छाउँदै लगेको संस्थाले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउन पैसा र पहुँचको दुरुपयोगलाई सबैभन्दा ठूलो चुनौतीका रूपमा प्रतिवेदनले औँल्याएको छ । चुनावको मिति नजिकिँदै गर्दा निर्वाचनका लागि आवश्यक वातावरण बनेको, मतदातामा उत्साह बढेको, नयाँ राजनीतिक शक्तिको उदय संकेत देखिएको तथा निर्वाचनपछि सुधारको सम्भावना प्रशस्त रहेको जियोकको प्रतिवेदनमा उल्लेख छ ।