एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

कांग्रेसलाई पाँच वर्ष देश जिम्मा दिन सभापति थापाको आग्रह

798
shares

बाँके । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिन आग्रह गर्नुभएको छ । उहाँले आगामी चुनावपछि काम गरेर देश अघि बढाउनुपर्ने बताउनुभयो ।

बाँकेको जानकी गाउँपालिका–३ मा आज बिहीबार आयोजित चुनावीसभामा सभापति थापाले मतदातालाई घरघरमा गएर रुखमा मतदानका लागि अनुरोध गर्दै उक्त कुरा बताउनुभएको हो ।

बाँकेका मतदातालाई उहाँले स्व. सुशील कोइरालाले बनाएको संविधानको राजमार्गमा कांग्रेसको गाडी रफ्तारमा दौडाउने उल्लेख गर्नुभयो । सुशासनका लागि आगामी पाँच वर्षका लागि कांग्रेसले ‘एक्स्ट्रा अर्डिनरी’ तरिकाले काम गर्नुपर्ने उहाँको भनाइ छ ।

विसं २०४६ पछिका भ्रष्टाचारका मुद्दा छानबिन गर्ने भन्दै सभापति थापाले हिजो गरेका गल्ती सच्याउने र हिजोको फोहोर सफा गरिने बताउनुभयो । ‘पेटमा भोक छ, आँखामा सपना छ अनि संकल्पसहित अघि बढ्ने योजना छ,’ उहाँले भन्नुभयो ।