एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

झापा-५ मा कुनै गठबन्धन हुँदैन : प्रचण्ड

483
shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा क्षेत्र नम्बर ५ मा अन्य दलसँग कुनै सहकार्य वा गठबन्धन नहुने स्पष्ट पार्नुभएको छ ।

दाहालले बिहीबार झापा–५ का उम्मेदवार रन्जित तामाङलाई टेलिफोनमार्फत सम्पर्क गर्दै सामाजिक सञ्जालमा फैलिएको गठबन्धनसम्बन्धी हल्ला निराधार भएको बताउनुभएको हो । उहाँले पार्टी पंक्तिलाई भ्रममा नपरी सक्रिय रूपमा चुनावी अभियानमा जुट्न आग्रह गर्नुभयो ।

‘बजारमा जे–जस्ता हल्ला आएका छन्, ती सत्य होइनन् । कुनै पनि दलसँग छलफल वा सहमति भएको छैन, हुँदैन पनि । हामी दृढतापूर्वक अघि बढ्छौं,’ प्रचण्डको भनाइ उद्धृत् गर्दै स्रोतले भन्यो ।

उम्मेदवार तामाङले झापा केन्द्रित चुनावी गतिविधिबारे प्रचण्डलाई जानकारी गराउँदै पूर्वमा बृहत् सभा आयोजना गर्ने प्रस्ताव पनि राख्नुभएको छ । उहाँले प्रचण्डलाई उक्त सभामा सहभागी हुन निम्तो दिनुभएको छ ।

यसअघि बुधबार काठमाडौंमा बुद्धिजीवीसँगको अन्तर्क्रियामा प्रचण्डले विदेशी प्रभाव र संविधानविरोधी गतिविधिको सामना गर्न प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक पर्न सक्ने अभिव्यक्ति दिनुभएको थियो । उहाँले संविधान र शान्ति प्रक्रियाको रक्षा गर्न विगतका सहयात्री दलसँग संवाद हुन सक्ने संकेत गर्नुभएको हो ।

सोही अभिव्यक्तिपछि झापा–५, दाङ–२ लगायत क्षेत्रमा नेकपा, कांग्रेस र एमालेबीच तालमेल हुन लागेको टिप्पणी सार्वजनिक भएको छ । उक्त चर्चापछि प्रचण्डले उम्मेदवार तामाङलाई फोन गरी स्थिति स्पष्ट पार्नुभएको बुझिएको छ ।

झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दिएपछि केपी शर्मा ओली तीव्र दबाबमा हुनुहुन्छ ।