एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

मानवअधिकारको प्रभावकारी कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

434
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवर्धनप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीले आज मंगलबार जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ६१औँ सत्रलाई भिडियोमार्फत सम्बोधन गर्दै सुदृढ नीतिगत, कानुनी तथा संस्थागत संयन्त्रमार्फत मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा नेपाल निरन्तर क्रियाशील रहेको बताउनुभएको हो ।

नेपालको संविधानले मानव अधिकार तथा मौलिक स्वतन्त्रतालाई लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भका रूपमा स्थापित गरेको उल्लेख गर्दै उहाँले सबै प्रकारका मानव अधिकारको संरक्षण र प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लिखित उद्देश्य र सिद्धान्तप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्‍याउँदै संक्रमणकालीन न्याय प्रक्रियालाई पारदर्शी, समावेशी, विश्वसनीय र पीडित–केन्द्रित ढंगले अघि बढाइने बताउनुभयो । सत्य, न्याय, उत्तरदायित्व र दिगो मेलमिलाप सुनिश्चित गर्नु नै सरकारको लक्ष्य रहेको उहाँले प्रस्ट पार्नुभयो ।

भदौमा भएको युवा आन्दोलनलाई स्मरण गर्दै उहाँले आफ्नो सरकारको प्रमुख दायित्व उत्तरदायित्व सुनिश्चित गर्नु, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नु र सुशासन प्रवर्धन गर्नु भएको बताउनुभयो ।

फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले लोकतान्त्रिक मूल्य र मानवअधिकारको सम्मान तथा संरक्षणप्रति सरकार अडिग रहेको बताउनुभयो ।