एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

झापा-५ का लागि बालेनको बाचापत्र सार्वजनिक

350
shares

काठमाडौं । झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले बाचापत्र सार्वजनिक गर्नुभएको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धामा उत्रिनुभएका बालेनले दमक सभागृह र भ्युटावरलगायतका योजनालाई उच्चतम नागरिक उपयोगिता हुने गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।

अर्बौं लगानी गरेर बनाइएको भ्युटावर सञ्चालनमा नआउँदा ओलीको आलोचना हुने गरेको छ । बालेनले सोमबार सार्वजनिक गरेको बाचापत्रमा संविधानको परिपालना गर्दै संविधानले निर्दिष्ट गरेका दायित्वहरू निष्ठापूर्वक सम्पन्न गर्ने उल्लेख छ ।

त्यस्तै हाल कार्यान्वयनमा रहेका कार्यहरुलाई कानुनी रूपमा सहज, स्पष्ट साथै नागरिकमैत्री बनाउन आवश्यक कानुन निर्माण, संशोधन तथा परिमार्जनका लागि संघीय संसदमा सक्रिय तथा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पहिलो प्रतिबद्धता उहाँले जनाउनुभएको छ ।

संघीय सांसदको हैसियतले बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा अग्रपंक्तिमा उभिने बाचा पनि बालेनको छ । सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गरी संघ, प्रदेश र स्थानीय तहका विकास योजनाको प्रभावकारी अनुगमन गर्ने उहाँको प्रतिबद्धता छ ।

राष्ट्रहितविपरीत कुनै पनि सम्झौता नगर्ने र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने उहाँको बाचापत्रमा उल्लेख छ । त्यस्तै राजनीतिलाई पेसा होइन, सेवा बनाउने उहाँको संकल्प छ ।