एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

एनआरएनए महासचिवमा रामशरण सिम्खडाले उम्मेदवारी दिने

518
shares

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष रामशरण सिम्खडा (बेलायत)ले १२औँ महाधिवेशनमा महासचिवमा उम्मेदवारी दिने हुनुभएको छ । एनआरएनएको १२औँ महाधिवेशन फागुन ३० देखि चैत २ सम्म काठमाडौँमा हुँदै छ ।

हाल उपाध्यक्ष भए पनि संस्थाको पुन:संरचना र सबैको साझा बनाउने भिजनसहित उहाँले गत महाधिवेशनमा भएको सहमतिअनुसार महासचिवमा उम्मेदवारी दिन लाग्नुभएको हो । त्यसबेला उपमहासचिवमा कार्यरत सिम्खडा महासचिवका प्रबल दाबेदार भए पनि ११औँ महाधिवेशनमा टिम मिलाउनैकै लागि उपाध्यक्ष बन्नुभएको थियो ।

विगतमा भएको टुटफुटका कारणले उत्पन्न समस्याका बीच एनआरएनएलाई पहिलेको जस्तै प्रतिष्ठित अवस्थामा फर्काउन ठोस कार्ययोजना र एजेन्डासहित चुनावी मैदानमा होमिन लागेको उहाँले बताउनुभएको छ ।

केही महिनाअघि मात्रै दुई समूहमा रहेको एनआरएनए एकताबद्ध भएर महाधिवेशन गर्ने समझदारी भएको थियो । सोही समझदारीअनुसार एनआरएनएको महाधिवेशन हुँदै गर्दा संस्थाको महासचिवको रूपमा प्रभावकारी काम गर्ने योजनाका साथ आफू मैदानमा होमिन लागेको उहाँले बताउनुभयो ।

जनवरी २४ का दिन भर्जुअल माध्यमबाट संकल्प पत्रसहित उम्मेदवारी घोषणा गर्ने उहाँको तयारी छ । हालसम्म एनआरएनएको अध्यक्षमा रोबिन शेरचन र हेमराज शर्माले उम्मेदवारी घोषणा गर्नुभएको छ ।