एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

हिन्दू र मुस्लिम समुदायलाई संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालको आग्रह

490
shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–६ सपगडामा भएको घटनाप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

सहसंयोजक नेपालले आज आइतबार सन्देश जारी गर्दै हिन्दू र मुस्लिम दुवै समुदायबीच उत्पन्न विवाद अन्त्य गर्नका लागि संयमता अपनाउन दुवै समुदायलाई आग्रह गर्नुभएको हो ।

धार्मिक सहिष्णुतालाई आत्मसात् गर्दै एकअर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गरेर सदियौँदेखि मिलेर बसेका दुवै समुदायबीच सहयोग र सहकार्यसहित मिलेरै जानुपर्नेमा जोड दिनुभयो । साम्प्रदायिक हिंसा कुनै पनि हालतमा स्वीकार्य नहुने उहाँको प्रस्टोक्ति छ ।

‘हिन्दू वा मुस्लिम दुवै एकअर्काका परिपूरक हुन्,’ उहाँले भन्नुभयो, ‘स्थानीय जनताको सुरक्षा व्यवस्थासहित जीवन रक्षाका लागि म सरकारसँग माग गर्दछु ।’

गृहजिल्ला रौतहटबाट लामो समयदेखि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएका नेपालले अहिले देखिएको समस्याको समाधान आपसी संवादबाट मात्रै सम्भव हुने पक्षलाई दृष्टिगत गरी संयमता अपनाउन दुवै समुदायसँग अपिल गर्नुभयो ।

रौतहट–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका सहसंयोजक नेपालले तोडफोड, आगजनी तथा ढुंगा हानाहानका घटना बढ्दै गएपछि प्रशासनले जारी गरेको ‘कर्फ्यु’को अवस्थालाई सामान्यीकरण गर्न आफूले केन्द्रमा गृहमन्त्रीसँग छलफल गरिरहेको बताउनुभयो ।

तीन दिनअघि गौरमा दुई समुदायबीच भएको सामान्य भनाभनबाट सुरु भएको विवाद बढ्दै जाँदा साम्प्रदायिक दङ्गामा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको छ ।