एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

आकाश खस्यो, धर्ती भासियो भने अर्कै कुरा नत्र मैले जितेँ : तामाङ

413
shares

नुवाकोट । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हितबहादुर तामाङले आफ्नो जित सुनिश्चित भइसकेको र अब आधिकारिक घोषणा हुन मात्र बाँकी रहेको दाबी गर्नुभएको छ ।

नुवाकोटको छहरेमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले विपक्षीहरूको पराजय निश्चित भएपछि अत्तालिएर आचारसंहिताविपरीतका क्रियाकलापमा उत्रिएको आरोप समेत लगाउनुभयो ।

आफ्नो विजयप्रति ढुक्क देखिनुभएका तामाङले भन्नुभयो, ‘नुवाकोट क्षेत्र नं. १ मा अरु कोही कसैले जित्ने सम्भावना मैले देखेको छैन । एक प्रकारले भन्ने हो भने हामीले जितिसक्यौँ । अब फागुन २१ गते जनताले मतदान गरेर मतगणनापछि औपचारिक घोषणा हुन मात्र बाँकी छ । कदम कदाचित् आकाश खसेछ वा धर्ती भास्सिएछ भने अर्कै कुरा हो, नत्र परिवर्तन जोगाउन पनि हितबहादुर तामाङले जित्नु अनिवार्य छ ।’

नेता तामाङले पञ्चकन्या गाउँपालिकामा नेपाली कांग्रेसका तरुण दलले निर्वाचन आचारसंहिताको धज्जी उडाएको भन्दै कडा आपत्ति जनाउनुभयो । पञ्चकन्यामा कांग्रेस कार्यकर्ताले निर्वाचन आचारसंहिताविपरीत खसी काटेर भोज खुवाएर मतदातालाई प्रलोभनमा पार्न खोजेको विषयलाई उहाँले गम्भीरताका साथ उठाउनुभयो ।

‘जनतालाई प्रलोभनमा पार्न कांग्रेसले पञ्चकन्यामा खसी काटेर भोज खुवाउने जस्ता तानाबाना बुनिरहेको छ । सुरक्षाकर्मीले घटना नियन्त्रणमा लिए पनि यस्ता घृणित कार्यले लोकतन्त्रको उपहास गर्छ,’ उहाँले भन्नुभयो । जनतालाई लोभ्याउन कांग्रेसले अनेक प्रपञ्च रचेको भन्दै उहाँले निर्वाचन आयोग र प्रशासनको ध्यानाकर्षण समेत गराउनुभयो ।

चार दशकभन्दा लामो समयदेखि नुवाकोटको माटोमा सङ्घर्ष गर्दै आउनुभएका तामाङले नुवाकोटको राजनीतिमा जकडिएको ‘परिवारवाद’को यसपटक अन्त्य हुने बताउनुभयो । ‘नुवाकोटलाई केसी र महत परिवारले वर्षौँदेखि राजनीतिक थलो मात्र बनाए । उनीहरूले गरेको काममा कुनै गुणस्तर छैन । परिवारवादको अन्त्य र नुवाकोटको समृद्धिका लागि नै मेरो उम्मेदवारी हो,’ उहाँले भन्नुभयो ।

आफू यहीँको माटोमा जन्मिएको र सधैं जनताको सुख-दुःखमा साथै रहेको बताउँदै तामाङले फागुन २१ मा ‘तारा’ चिन्हमा मतदान गरी परिवर्तनको पक्षमा उभिन सबैलाई आह्वान गर्नुभयो । उनले २०७४ पछि मात्रै आफ्नो नेतृत्वमा नुवाकोटमा विकासका पूर्वाधारको काम अघि बढेको पनि दाबी गर्नुभयो ।