विश्वकप टी२० मा आज नेपाल र इटाली भिड्दै
२०८२ माघ २९ बिहीवार ०८:३९
shares

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थित वानखेडे रंगशालामा हुने खेल नेपाली समयअनुसार अपराह्न सवा ३ बजे सुरु हुनेछ ।
प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन् । सुपर ८ चरणमा पुग्ने सम्भावना जीवित राख्न आजको खेल दुवैका लागि महत्त्वपूर्ण हुनेछ ।
नेपालले पहिलो खेलमा इङ्ल्यान्डसँग झिनो रन अन्तरले पराजित भएको थियो । अनुभवी इङ्लिस टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाल जम्मा ४ रनले पराजित भएको थियो ।
इटालीले भने पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनको फराकिलो हार बेहोरेको थियो । ठूलो अन्तरको हारसँगै इटाली अंक तालिकाको पुछारमा छ ।



















