शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण
२०८२ असोज ६ सोमवार ११:२५
shares

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले केशर महलस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।
सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा तयार गरिएको हो ।
मन्त्रीको जिम्मेवारीमा रहँदा प्राप्त हुने राम्रा सुझाव ग्रहण गरेर सकेसम्म छिटो कार्यान्वयनमा लैजाने र मन्त्रालयको जिम्मेवारी अनुसार विज्ञान, प्रविधि, नवप्रवर्तन नै आफ्नो प्राथमिकता पर्ने उहाँले बताउनुभयो ।
पुनले अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट मानार्थ ‘विद्यावारिधि’ पाउनुभएको छ । बौद्धिक व्यक्तित्व भएर पनि सरल जीवनशैली र मौलिक बोलीचालीका कारण पुन सबैमाझ लोकप्रिय हुनुहुन्छ ।



















